skip this farak Kura Pravakar

सिस्नेरी पहिरोमा ज्यान गुमाएका विकलको स्मृतिमा जुनियर फुटबल प्रतियोगिता गराउँदै निजगढ नगरपालिका (भिडियो रिर्पोट)

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–गत साल असोजको दोस्रो साता तीन दिने लगातारको वर्षाले देशभर वितण्डा मच्यायो । १२ असोजको विहान मकवानपुरको सिस्नेरीमा पहिरो खस्यो । पहिरोले फुटबल खेलमा भविष्य खोज्दै एन्फा एकेडेमीको प्रशिक्षण केन्द्रमा रहेका ६ जना किशोर प्रशिक्षार्थी खेलाडीले ज्यान गुमाए । त्यहि पहिरोमै ज्यान गुमाएका बारा निजगढका बिकल रेग्मीको ऐतिहासिक शव यात्रापछिको शोक मन्तव्यमार्फत निजगढ नगर प्रमुखले हरेक वर्ष बिकलको स्मृतिमा प्रतियोगिता गर्ने घोषणा गरे ।

विकलको निधनको ८ महिना वित्दासमेत परिवारको आँखा ओभाएको छैन् । उनीसँगै पहिरोमा परेकाहरुको सम्झनामा विभिन्न खेल प्रतियोगिता भईसक्दा निजगढमा भने हुन सकेको थिएन् ।

नगर खेलकुद विकास समितिमार्फत घोषित प्रतियोगिता गर्न चाहान्थ्ये निजगढ नगर प्रमुख सुरथ पुरी । तर, समिति गठनमा ढिलाई हुदाँ प्रतियोगिताको तिथि तोक्न सकेनन् । पूर्णता नपाएपनि समिति गठनभएसँगै विकल स्मृति जुनियर फुटवल प्रतियोगिता गर्ने तयारी भएको नगर प्रमुख पुरीले बताएका छन् ।

विकल स्मृती फुटबल प्रतियोगिताले आगामी दिनमा नयाँ खेलाडी तथा अभिभावकलाई उत्प्ररेणासँगै स्वर्गिय विकलको स्मृति सधै रहने र परिवारको सम्मान हुने नगर प्रमुख पुरी बताउँछन् ।

नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा बैशाख २२ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने तयारी भएको छ ।

प्रतियोगितामा १३ वटै वडाका अन्डर १६ का फुटबल टिम विच प्रतिस्पर्धा गराउने निजगढ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले बताए ।

निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा प्रतियोगिता सञ्चालन गरिने भएको छ । प्रतियोगिता नजिकिएसँगै खेल मैदानको मर्मतकार्य समेत तिब्र रुपमा भईरहेको छ ।

भिडियो :

nijgadh-supermart-adz1200-630