skip this

वीरगन्जमा खुल्यो दशै सस्तो बजार

१९ वटा स्टल, फुलपातिसम्म चल्ने

2.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज-पर्साकाे वीरगन्जमा दशैं सस्तो बजार सञ्चालनमा आएको छ ।

दशैं सस्तो बजार २०७९ को एक कार्यक्रमका बीच पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उद्घाटन गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सर्वसाधारणलाई लक्षित गरी दशैंको अवसर पारेर दशैं सस्तो बजार सञ्चालन गरेकाे हाे ।

प्रजिअले गरे प्रशंसा

प्रजिअ ढकालले सस्तो बजारबाट वीरगञ्ज लगायत आसपास क्षेत्रका आम सर्वसाधारणहरु लाभान्वित हुने बताए । उनले बजार सञ्चालन गर्ने कार्य एकदमै सराह्नीय भन्दै व्यवसायीको प्रशंसा गरेका थिए ।

फुलपातिसम्म चल्ने

घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सञ्चालन गरिएको सस्तो बजार सात दिनसम्म लाग्ने छ । घटस्थापनादेखि सुरु भएकाे बजार फुलपातीसम्म आयोजना हुनेछ ।

सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितको १९ वटा स्टलहरु राखिएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताए । उनले दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरु एकैथलोमा सुपथ मूल्यमा उपलब्ध भइरहेकोले यस्ता सामग्री खरिद गरी लाभान्वित हुन आग्रह गरे ।

उद्घाटन कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, उद्योग विभागका महानिर्देशक सुशिल साह, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रिमा साह, सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सहसचिव अनोज रुँगटा, कार्यसमिति सदस्य मनोज शर्मा, दिपक टिवडेवाल, चंचला दास, स्थानीय व्यापारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630