skip this

यस्तो छ चितवनमा बनेको प्रचण्डको नयाँ घर (भिडियोसहित)

म ४० वर्षपछि तपाईहरुको काखमा आएको छु : प्रचण्ड

2.96K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड घरकै कारण आलोचित बन्दै आएका छन् । विवादित ठेकेदारको घरमा बसेको भन्दै आलोचना खेप्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका छन् ।

चितवनमा सोमबार पञ्चेबाजा बजाउँदै उनी गृह प्रवेश गरेका छन् । चितवनमा भएको कार्यक्रममा उनले आफुले पिताका निधनपछि प्राप्त पुखौली जमिनमा घर बनाएका बताएका छन् ।

‘अब म ४० वर्षपछि तपाईहरुको काखमा छु,’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने–तपाईहरुको सुखदुखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’ उनले आगामी जीवन नेपालको समृद्धिमा विताउने समेत बताएका थिए ।

भिडियो

nijgadh-supermart-adz1200-630