skip this farak Kura Pravakar

यसरी फेरिदै छ वीरगन्जकाे रुप !

2.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं- देशकै प्रमुख व्यापारिक केन्द्र र प्रवेशद्वारका रुपमा रहेकाे छ, वीरगन्ज । जुन मधेस प्रदेशकै एक मात्र महानगर पनि हाे ।

प्रशस्तै अवसर भएर पनि पछाडि परेकाे वीरगन्जले नयाँ नेतृत्व पाएसंगै परिवर्तनकाे संकेत देखाएकाे छ ।

महानगर प्रमुख राजेशमान सिंहले वीरगन्जकाे स्वरुप नै परिवर्तन गर्ने गरि याेजना अघि सारेका छन् । त्यसलाई कार्यान्वयन गराउन उनी आफैं मैदानमा उत्रिरहेका छन् ।

निर्माण कार्यकाे निरन्तर निगरानी र समयभित्र सम्पन्न गराउन निर्देशन दिदै आएका छन् । उनले माइस्थान मन्दिर क्षेत्रको सौन्दर्यकरणको निरीक्षण गर्दै बाँकी काम तत्काल सक्न निर्देशन दिएका छन् ।

एक साताको मलेसिया भ्रमणबाट आइतबार दिउँसो मात्रै वीरगञ्ज आइपुगेका उनी सोझै माइस्थान क्षेत्रको निरीक्षणमा पुगेका थिए ।

दशैं केन्द्रित अभियान

सोमबारदेखि बडा दशैँ शुभारम्भ हुने भएकाले मन्दिर सौन्दर्यकरणका लागि भइरहेको निर्माणको काम तत्काल सक्न निर्माणकर्तालाई निर्देशन दिएका हुन् ।


वीरगञ्जलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न माइस्थान मन्दिर क्षेत्रको सौन्दर्यकरण गरिएको भन्दै उनले यस पटक भक्तजनले सहजताका साथ मन्दिर दर्शन गर्न पाउने उनले बताए ।

मन्दिर क्षेत्र शाैन्दर्यकरण

महानगरपलिकाले ८५ लाखको लागतमा माइस्थान अगाडिको सडकका साथै मन्दिरको दायाँबायाँ दुबै तर्फको सडकमा युरोपियन स्टाण्डर्डको पेभर्स लगाएर सौन्दर्यकरण गरिएको छ ।

पेभर्स लगाउने कम सकिएको र नालाको थोरै काम मात्रै बाँकी रहेकाले रातभरमा काम सम्पन्न गराउने गरि आफूहरु खटिरहेको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले प्रतिवद्वता जनाएको छ ।

फुटपाथ खाली हुदै

महानगर प्रमुख सिंह फुटपाथ व्यवस्थित गराउन समेत सक्रियता साथ अघि बढेका छन् ।

मन्दिर क्षेत्रमा रहेका घरमा टांगिएका च्यातिएका ब्यानर र फुटपाथमा राखिएका सामन हटाएर मन्दिर क्षेत्र सफा बनाउन पनि नगर प्रहरीलाई उनले निर्देशन दिए ।

‘फुटपाथ र नाला मिचेर राखेका सामान हटाउन निर्देशन दिँदै नगर प्रहरीलाई मेयर सिंहले भने, ‘आतंक मच्चाउने गरि नभए सम्झाएर हटाउन लगउनु ।’

nijgadh-supermart-adz1200-630