skip this

सत्यमोहन जोशीको हेरचाह गर्न नर्स, रचनाकार व्याकुललाई ५० हजार भत्ता दिने

987 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीलाई हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।

‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

त्यस्ते राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला)लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । ‘राष्ट्रिय गानका रचयिता प्रदिपकुमार रार्य (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

nijgadh-supermart-adz1200-630