skip this farak Kura Pravakar

मेरो असल साथी किताब र जीवन साथी कलम भयो : मेलिना आचार्य

5.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मेलिना आचार्य, इलाम।

ए साथी सुन न हामी दशैंमा भेट्नु पर्छ । ओइ सुन न म त पढ्न आएको छु। परीक्षा छ हौ मेरो त।  भेट्न लाई ऊसको र मेरो समय नमिल्ने जस्तो हुन लाग्यो । हामी फरक परिस्थितिसँग जुद्धै अगाडि बढ्दै थियौ। माथि दिएको कुरा मैले मेरो मिल्ने एउटा साथीलाई भने जसले मलाई भेटुम भन्दै कर गर्दै थी मा उसलाई भन्दै थिए।

वास्तविक मेरो साथी भने पनि उ नै थी कस्तो खुसी लाग्थ्यो सामाजिक सञ्जालमा उसको मेसेज देख्दा खेरी। वास्तविक मा म नराम्रो छु अरू जति को छैन भन्ने पीर मलाई दैनिक लाग्छ।

याे पनि…..

https://faraknepal.com/9147

कोई बेला कसैले मलाई नराम्रो छे , आफ्नो अनुहार ऐनामा हेरेको चेस भन्दा नराम्रो लाग्थ्यो तर उसले मलाई हरेक चोटी सम्झिन्थी , मलाई राम्रो बनाउन खोज्थि । खुसी थिए म। दसैँमा म घर आए उसकोमा गाको दुर्भाग्य उँ पनि मामा घर गएकी रैछे , नमिठो भयो दसैँ खल्लो खल्लो लाग्न थाल्यो ।

उसको मामा घरमा इन्टरनेटको सुविधा नभएको कारण हाम्रो बात चित भएन। म फर्किने दिन आउँदै थियो त्यसैमा पानी पर्न लाग्यो उसको मामघर तिर पहिरो गयो बाटो बन्द भयो । मैले बाटो हेरी राखे उसको धेरै नै हेरी राखे तर फोन लागेन मेसेज गरिन तर नी चुप नै बसी राखे । मेरो पनि पढाई पढ्नु थियो मैले पढ्नु पर्छ भनेर मेरो पढ्ने ठाउँ तिर आउन लागे मेरो ठाउँ आउने बाटो पनि बिग्रेको थियो यसो त्यसो गरेर आए धेरै दुःख लाग्दै थियो मैले भेट्न पाइन कहिलैको कहिले जस्तो हुन थाल्यो।

मेरी आमाकी पनि छाेरी हो उँ मैले भन्ने गर्थे कसैले को हो तेरो भन्दा वेस्ट साथी भन्ने गर्थे। म यता आए उँ पनि घर आइछ उसको पढाइ गाउँमै भएकोले उसले गाउँ मै पढी मेरो चाई गाउँमा थिएन अनि सहर लागेको थिएँ। उसको फरक परिस्थितिले गर्दा नै हामी छुटेको थियौ। पढाइ चल्दै थियो बेला मौका हाम्रो गफ पनि चल्थ्यो एकासी एकदिन फेसबुक खोलेर हेर्दा मलाई ब्लक गरिछ ।

त्यो दिनबाट कालो रात सुरु भएछ हुन त मेरो टन्नै साथीहरु थिए मैले हरेक दिन याद गर्दा उनीहरूले गर्दैनन् थिए तर उसले मलाई सधैं गर्थी अनि खास र विशेष थी । अरु साथि टन्नै भए पनि उसको लागि त्यो माया क भयो कुन्नि उँ। संग मेरा हरेक सुख दुःखको कुरा हुन्थियो अचानक यस्तो देख्दा नराम्रो लाग्यो कल गरेको नबोल अव देखि भन्ने कुरा आयो । त्यो दिन केही भन्निन रिसको झोकमा भनी होला भनेर अर्को दिन फोन गरेको उसले अव फोन गरिस् भने तलाइ म सिममा पनि ब्लक गर्दिन्छु भनी ।

चुप चाप बसे म मेरो पढाई राम्रो जाँदै थियो तर यसो भए पछि नराम्रो लाग्यो पढ्न बस्यो ऊँ संग पढेको दिन याद आउँथ्यो पढाई बिग्रिँदै गयो । मैले अब हाँस्न छोडेको थिए बिस्तारै पढाई राम्रो गर्दै गए, उसलाई भुल्दै गएछु । म पढ्न लागे मेरो पढाइ राम्रो भयो मैले धेरै सहे ।

कलेजमा पनि धेरै साथी थिएनन् । अरु साथीको पहिलाको साथी आएर रमाउँथे म एकाली थिए कोई पुरानो साथी थिएन । दुःख लाग्थ्यो । पढाइ हुँदै गयो एकदिन मैले उँ जस्तै मान्छे बजारमा देखे हत्त न पत्त गएर फोन खोले गए हेरे उसले मलाई उनब्लक गरेकी रैछे याद गरेको थिएन। उसको प्रोफाइल खोलेर हेरेको उँ संग अरु कसैको फोटो रैछ ” उसको श्रीमान” झसङ्ग भाएछु म त एक शब्द सुनाइन हुन त उमेर भाको थियो म सानी थिए उसको कुरा बुझ्दिन थिए होला ।

उसले मलाई एक शब्द भनिन म रुन्छु भनेर घरबाट पनि केही कुरा भन्निन् तर मलाई रिस उठेको थियो । केही भनिन अर्को चोटी दसैँमा घर गएकी म उसलाई रंगीन रातो सारीमा सिन्दुर सजाएको द्खे । उसको जीवन सिन्दुर भएको र मेरो किताब भएको छ। उसको यादमा धेरै रोहेकी म बिस्तारै बिर्सिंदै थिए ।

उसले मलाई देख्दा पनि केही भनिन उसले मलाई आँखामा हेरी राखी मेरो आँखा ऊँ तिरै थियो अाँखाबाट आशु झरेको पत्तै पाएन । उसले आँखा तर्दै तर्दै हेर्दै गकि मैले त हेरी राखे । उसले धेरै दुःख पाको रैछे । वास्तवमा उसको ब्वाइ फ्रेन्ड थियो तर उसको विवाह घरको दबाबमा अरु संगै भएको थियो । उसलाई धेरै सामाजिक यातना दिएको रैछ ।

मैले बिस्तारै थाहा पाउँदै गए उसको श्रीमानले मलाई भड्काउने कुरा गर्छु भनेर दुःख दिएर बोल्न नदिएको रैछ । मैले त केही गर्न सकिनँ । उसले त मलाई धेरै गुहारेको रैछे। मेरो बहिनीले धेरै कुरा सुनाई मलाई । मैले उसको बारेमा बुझ्दै गए उसलाई धेरै टेन्सन दिएको र पढ्न नदिएको कुरा थाहा पाए। अचानक काठमाडौंको विशाल सहरमा उसलाई मैले भाडा माज्दै गरेको अवस्थामा भेटे ।

उसलाई बोलाए र सोधे उसले सवै साँचो बोली । छोरीको जीवन थियो उसले धेरै दुःख पाई। मैले जागिर पाएको थिएँ उसको लागि सब थोक कोठा भाडा भेटियो उसलाई मैले सब थोक सम्झाए उसले राम्रो काम गरी । मेरै संगौको साथीको डिभोर्स भएको थियो उसले मेरो साथीलाई अपनाएर राम्रो गर्यो। उसको मुहारमा खुसी देख्छु आजकाल म तर म आज सम्म एउटै कुरामा हाँसे मैले असल साथीको भूमिका खेलेको रैछु तर दुःख लाग्छ त्यो दिनबाट उता मेरो जीवनमा कोई खास साथी बनेन, मेरो मित्रतामा कहिलै उभो लागेन र मैले विश्वास गर्न सक्छु भनेर सोचिन। त्यो दिन देखि मेरो असल साथी किताब र जीवन साथी कलम भयो ।

त्यही पछि मैले लेखन सुरुवात गरेको थिएँ। अहिले ठूलो ठूलो किताब लेख्छु म । सानो परिवर्तनले गर्दा मेरो यात्रा अघि बढेको थियो । यहीँ एउटा घटना बाट हुने अवस्थामा साथी र किताबको अन्तर सम्वन्ध बुझे र एउटा साथीले जीवनमा ठूलो काम गर्दा रैछ भन्ने बुझे।

nijgadh-supermart-adz1200-630