skip this

पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने –कमल थापा

927 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएकोले यात्रा नरोकिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । आज हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । अध्यक्ष थापाले निर्वाचनमा सोचे अनुसार परिणाम नआएको विषयलाई गम्भीरता पूर्वक लिएको जिकिर गरेका छन् ।

उनले राप्रपा नेपालको औतित्य र महत्त्व अझै बढेको चर्चा गर्दै थापाले हामीलाई सरकारमा गएर गल्ती गर्‍यो ,गणतन्त्रको सरकारमा गयो, धर्म बेच्यो भन्नेहरू आज कता छन्ु भनी प्रश्न गरेका छन् । । हामीले आदर्श र सिद्धान्तलाई सत्ता सङ्ग साटेको छैन, योजनाबद्ध र षड्यन्त्रपुर्बक चरित्र हत्या गरेको विषय आगामी दिनमा स्पष्ट हुन्छ र भ्रम निवारण हुने समेत उनले विश्वास व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630