जसपा नेपालको संसदीय दलको बैठक बस्दै, समसामयिक विषयमा छलफल गर्ने ?
वि.सं.२०७९ माघ ४ बुधवार ०९:१४
870
shares

काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दैछ। संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकले समसामयिक विषयमा पार्टीको धारणा बनाउने छ। विभिन्न सर्त तेर्स्याएर सरकारमा सहभागी हुन आलटाल गरिरहेको जसपाले आज सरकारमा सहभागी हुनेरनहुनेलगायत समसामयिक विषयमा छलफल गर्ने भएको छ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले दुई मन्त्रालय रिजर्भ राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। तर जसपाले उच्चस्तरीय राजनीतिक संयन्त्रले पार्टीलाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको भन्दै असन्तुष्ट जनाएको छ।
वि.सं.२०७९ माघ ४ बुधवार ०९:१४

















