skip this

उपनिर्वाचनः तनहुँमा खनाल र चितवनमा न्यौपाने एमालेका उम्मेदवार

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि एमालेले ३ वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । आज बसेको एमाले केन्द्रीय सचिवालय बैठकले तनहुँ १ बाट पूर्व आईजीपी सवेन्द्र खनाल, चितवन २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारामा भने एमाले उम्मेदवार छानेको छैन । बाराको उम्मेदवारबारे छलफल गरेर टुङ्ग्याउने एमालेले जनाएको छ ।

तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबा स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् । अब भट्टराई, वाग्ले र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । ४ मंसिरमा कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि यो प्रतिनिधिसभा क्षेत्र रिक्त भएको हो ।

एमालेले चितवनमा न्यौपानेलाई अघि सारेपछि कांग्रेसका जीतनारायण श्रेष्ठ र रास्वपाबाट रवि लामिछानेसँग प्रतिस्पर्धा हुने भएको छ । चितवन २ बाट जितेका रवि लामिछानेको सांसद नागरिकता प्रकरणले गएको थियो । पुनः नागरिकता पाएपछि उनी आफैं फेरि चुनावी मैदानमा उत्रिएका हुन् ।

nijgadh-supermart-adz1200-630