शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग हो–मुख्यमन्त्री शर्मा
वि.सं.२०७९ चैत १९ आइतवार १०:३४

काठमाडौं। शिक्षा दक्ष जनशक्तिको कारखाना भएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उनले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग हो भने, । पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उनले जिकिर गरेका छन् ।
मुख्यमन्त्री शर्माले भने, “हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सही तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ ।” शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
वि.सं.२०७९ चैत १९ आइतवार १०:३४

















