घनश्याम भुसालद्वारा रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा
वि.सं.२०७९ असोज २३ आइतवार १०:३९
1.13K
shares

काठमाडौं । नेता घनश्याम भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।नेकपा एमाले परित्याग गरेका भुसालले गठबन्धनका दलको समर्थनमा उम्मेदवारी दिन लागेको बताए ।स्वतन्त्र उम्मेदवारी दिएको भएपनि गठबन्धनका दलले उनलाई सहयोग गर्ने सहमति भएको नेता भुसालले विश्वास व्यक्र गरेका छन् ।
आज बिहान विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरको भुसालले बताए ।
वि.सं.२०७९ असोज २३ आइतवार १०:३९

















