काठमाडौं ४ बाट कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवारी दिँदै
वि.सं.२०७९ असोज २३ आइतवार १०:५२
867
shares

काठमाडौं । काठमाडौं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवारी दिँदै छन् । आज दिउँसो २ बजे महामन्त्री थापाले बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।
सर्लाही ४ बाट थापाको नाम एकल सिफारिस भएपनि उनी काठमाडौं ४ बाट चुनाव लड्ने भएका हुन् । ०७० र ७४ मा थापा काठमाडौं ४ बाट निर्वाचित भएका थिए ।कांग्रेसले काठमाडौं १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ५ मा प्रदीप पौडेल, ६ मा भीमसेनदास प्रधान र १० मा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ ।
वि.सं.२०७९ असोज २३ आइतवार १०:५२

















