भित्तेपात्राेमा साहित्य रचना !

वि.सं.२०७९ फागुन १३ शनिवार ०९:१०

काठमाडौं-नव वर्ष २०८० लाई लक्षित गरेर बजारमा धमाधम विभिन्न प्रकारका पात्राे बजारमा आइरहेकाे छ । कतिपय व्यवसायिक परियाेजनका हुन्छन् भने केही संस्थागत पहिचानका हुने गरेका छन् ।
माेरङमा भने फरक शैलीमा भित्तेपात्राे प्रकाशनमा आएको छ । यहाँको एउटा साहित्यिक समुहले साहित्य रचना समेटेर पात्राे प्रकाशन गरेकाे हाे । साहित्यकार पत्रकार राजकुमार खड्गाद्धारा सम्पादित साहित्यिक भित्रे पात्रो २०८० काव्य घर नेपाल दमक झापाबाट प्रकाशित भएको हो ।
याे समुहले २०५८ साल देखि निरन्तर रुपमा प्रकाशन गर्दै आएको छ ।
मोरङकाे सुन्दर हरैचा नगरपालिकास्थित लक्ष्मीपुरमा साहित्यिक भित्तेपात्रो २०८० एवं कवि रेणुका भट्टराईको `धार्मिक ब्यक्तित्व मित्रबहादुर भट्टराई´ जिवनी कृति बिमोचन कार्यक्रममा पात्राे विमाेचन गरिएको छ ।
पुर्व अञ्चल न्यायाधीश नन्दप्रसाद पौडेल, सुन्दरहरैचा नगर प्रमुख केदारप्रसाद गुराई, जिल्ला समन्वय समिति उपसभापति उषा झा, लेखक रेणुका भट्टराई, मित्रबहादुर भट्टराई , काव्यघर नेपालका अध्यक्ष राजकुमार खड्गाले कृतिको संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
नेपाली साहित्यमा क्यालेन्डरमा कविता छाप्ने प्रचलन २०५८ सालदेखि पाँचथरको रानिगाउँबाट सुरु गरेको काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले बताए ।
`त्यतिबेला नेपालका अन्य क्षेत्रहरुबाट प्रकाशन गर्न थालिएकाे थियाे,´ अध्यक्ष खड्गाले भने-´त्यसलाई निरन्तरता दिन भने अरुले नसकेको र आजसम्म मैले निरन्तरता दिईरहेकाे छु ।´
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व अञ्चल न्यायाधीश नन्दओरसाद पौडेलले भित्ते पात्रोमा तिथि मितिसंगै साहित्यिक खुराक समेत पाइने भएकोले यसको महत्त्व रहेको बताए ।
कार्यक्रममा कविहरु तिला लेकाली, चित्रा पौडेल, लक्ष्मी रायमाझी खड्का बिष्णु भण्डारी, नगरप्रमुख केदारप्रसाद गुरागाई, जिल्ला समन्वय समिति उपसभापति उषा झा लगायतले साहित्यिक भित्ते पात्रोको महत्त्व र धार्मिक ब्याक्तित्व मित्रबहादुर भट्टराई कृतिको चर्चापरिचर्चा बधाई शुभकामना व्यक्त गरेका थिए ।
क्यालेन्डरमा भगवानका फोटो र सघसस्थाका तस्वीरहरु राखेर प्रकाशन गर्ने प्रचलन भएपनि यसबाट माथी उठेर लेखक कबिहरुको सिर्जना राख्दै प्रकाशन भएको साहित्यिक भित्ते पात्रोको पहिचान र महत्त्व अलग्गै रहेको अधिकांश बक्ताहरुले राखेका थिए ।
स्रष्टा सम्मान
काव्यघर नेपालले मोफसलमा बसी साहित्य साधना गरेबापत लेखक तिला लेकाली र चित्रा पौडेललाई काव्य घर नेपाल स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको थियो ।
त्यस्तै सामाजिक कार्यमा निरन्तर लागिरहनु हुने हरैचाका समाजसेवी मित्रबहादुर भट्टराई र बद्रीकुमारी थापालाई पनि काव्यघर नेपाल स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको थियो ।
जीवनी विमाेचन
बयानब्बे वर्षका मित्रबहादुर भट्टराईको जीवनी विमाेचन गरिएको थियाे ।
साहित्यकार/ पत्रकार रेणुका भट्टराईको कृति धार्मिक ब्यक्तित्व मित्रबहादुर भट्टराई जिवनले भट्टराईको योगदान र महत्त्वलाई स्थापित गराउन सफल रहेको भन्दै लेखकको प्रशंसा गरिएको थियो ।
कृतिकार रेणुका भट्टराईले सुरुसुरुमा आट नगरेको र पछि काव्य घर नेपालले सहयोग गर्ने वचन दिएपछि मित्रबहादुर भट्टराईको जिवनी लेखेर सम्पादन गरेको सिर्जनालाई पुस्तककार रूप दिएको बताइन् ।
बयानब्बे वर्षका मित्रबहादुर भट्टराईको जिवनी लेखेर लेखक रेणुका भट्टराईले अतुलनीय कार्य गरेको भन्दै खुलेर प्रशंसा गरे । आफू पनि साहित्य संगीत मन पराउने र कहिलेकाही लेल्ह्ने गुनगुनाहट गर्ने गरेको बताए ।
कार्यक्रममा स्रष्टाहरू चित्रा पौडेल तिला लेकाली, बिष्णु भण्डारी, लक्ष्मी रायमाझी खड्का, उषा झा घनश्याम भट्टराई, बद्रीकुमारी थापा लगायतले बधाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रेणुकालाई नागरिक अभिनन्दन
सोही कार्यक्रममा श्रीमद् भागवत महापुराणसप्ताह ज्ञान
काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्विछा भट्टराईले संचालन गरेकी थिईन् ।

वि.सं.२०७९ फागुन १३ शनिवार ०९:१०