कविता : आउ स्वर्ग बनाउ

वि.सं.२०७९ फागुन १३ शनिवार ०९:३८

भत्किएको शहरमा
बस्दा बस्दै
शायद,
तिम्रो मन पनि भत्किए छ/
अतित यादका
प्रेमका तितामिठा पलहरुको
ठुलै भुकम्प आएछ
यात
अतितका सम्झनाका
ठुलै आँधिबेरी आएछ
तिम्रै मन उडाउने गरि
कसैलाई चढाएको
तिम्रो तनमा अझै पनि
उसैको सुगन्ध आएर
आतुर बनाएको
फेरी चढाउन तन
तन त दियौ दियौ
क्षेणिक यौनले उम्लिएर
मायामा झिनो नाटकमा
स्वर्ग त्यसैलाई सम्झेर
तन त दियौ दियौ
मन पनि किन दियौ
त्यहि मन पनि पाएर त
तिमिलाई हेपिरहेको छ
बेला बेलामा
तन मात्र पाउनेले सम्मान गर्छ
तन बजारमा पनि पाइन्छ
यसको भाउ पनि लाग्छ
मन दियो
यहि भुल गर्यौ
आउ जाउ कतै
भाउ नलागे नलागोस
दाउ नलागे नलागोस्
मेरै संसारमा आउ
आकासको तारा गनेर
रात बिताउला
शितको थोपाको
शर्वत पिउँला
म तिम्रो नयनमा हराउछु
तिमि म भित्र हराउ
अब नबस
यो भत्किएको शहरमा
जुन शहरले तिमिलाई पनि
धैरै चोटि भत्काई सक्यो
कहिले देशमा
कहिले बिदेशमा
चस्काएको छ
आफ्नै कुराले
झस्काएको छ
सपनामा पनि
आउ स्वर्ग बनाउ
स्वर्ग हो
जहा तिमि छौ
खुशीले बलेकी छौ
तिम्रो स्पर्शमा
म रमाएको छु
यसैलाई स्वर्ग सम्झेको छु
जहा मसंग तिमि छौ
हाम्रो ओठ मुस्कुराएको छ/
-भण्डारा, चितवन

वि.सं.२०७९ फागुन १३ शनिवार ०९:३८