skip this

भ्रष्टाचारविरुद्ध बालेन : सर्वसाधारणसँग उजुरी आह्वान

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । महानगरपालिका मेयर बालेन शाहले भ्रष्टाचारीलाई तह लगाउन उजुरी आह्वान गरेका छन् । महानगरभित्रका कुनै पनि कर्मचारीले घूस मागेमा प्रमाण सहित आफूकहाँ आउन उनले आह्वान गरेका हुन् ।

उनले त्यसका लागि आफ्नो सम्पर्क नम्बर सार्वजनिक गरेका छन् । उजुरीकर्ताले ह्वाट्सएपमार्फत ९८६३५९२०११ नम्बरमा प्रमाण सहित उजुरी दिन सक्ने उनको भनाइ छ । उनले यो मोबाइल आफूले मात्र बोक्ने भएकाले उजुरी पठाउनेको नाम गोप्य राखिने स्पष्ट पारेका छन् ।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित’, शाहले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छ्न ।

कसैले बिना प्रमाण यसले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाएर आउन उनले सबैसँग आग्रह गरेका छन् ।

nijgadh-supermart-adz1200-630