skip this

बारामा फागुन २८ गते देखि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन अभियान सुरु हुने

जितपुरसिमरामा योजना तर्जुमा गोष्ठि

5.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । राष्ट्रिय हाति पाईले रोग निवारणकालागि आम औषधी सेवन अभियान अन्तर्गत बारामा तयारी सुरु भएको छ । फागुन २८ गते देखि सुरु हुन लागेको यो अभियान दुई सातासम्म चल्ने जनाईएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकामा हात्ती पाईले रोग निवारण सम्बन्धी सरोकारवालासंग योजना तर्जुमा तथा बहुनिकाय गोष्ठि सम्पन्न भएको छ । राष्ट्रिय हाति पाईले रोग निवारणकालागि आम औषधी सेवन अभियान अन्तर्गत गोष्ठीको आयोजना गरिएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।

गोष्ठीमा स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख भाष्करले हात्तीपाईले रोगको औषधि पूर्ण रुपमा वैज्ञानिक र विश्वले प्रमाणित गरेको औषधि भएकाले सुत्केरी र जटील रोग लागेका व्यक्ति बाहेक सबै उमेर समूहका स्वास्थ्यकर व्यक्तिले खान सक्ने जानकारी दिए ।

हात्ती पाईले रोगबाट बच्न दुई देखि पाँच बर्ष उमेर समूहका व्यक्तिले डि.ई.सी औषधि र अल्वेण्डाजेल एक÷एक चक्की ,६ देखि १४ बर्ष उमेर समूहका व्यक्तिले डि.ई.सी.२ चक्की र अल्वेण्डाजेल एक चक्की र १५ बर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुले डि.ई. सी.तीन चक्की र अल्वेन्डाजेल एक चक्की सेवन गर्नुपर्ने स्वास्थ्य प्रवर्धन शाखाका सिनियर अहेब अधिकृत जितन ठाकुरले जानकारी दिए ।

फाइलेरीया परिजिबीबाट लाग्ने हात्तीपाईले रोग लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । गोष्ठीको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चेत प्रसाद पोखरेलले गरेका थिए ।

स्वास्थ्यकर्मी मानिसको घरघरमा गई आफनै आखाँ अगाडि नै व्यक्तिहरुलाई औषधि खुवाउनु पर्ने निर्देशन उनले दिए । शिक्षित र अशिक्षित दुबै समूहका व्यक्ति अज्ञानताबस औषधिको सेवन नगर्ने गरेका कारण त्यस्तो धारणालाई चिर्नमा सबैले आ–आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव ,शहरी प्रवद्र्धन स्वास्थ्य केन्द्रका प्रमुख दिपक गिरी, स्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेब अधिकृत रञ्जीता साह, बाबुलाल सहनी, श्री नेरा नमूना मावि बकुलियाका निमित्त प्रधानाध्यापक कालिका प्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो ।

nijgadh-supermart-adz1200-630