केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको साथ
वि.सं.२०७९ वैशाख १५ बिहीवार १८:१३
1.88K
shares

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गरेकी छन् । थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहेकी उनले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिएकी हुन् ।
अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले बिहीबार राजीनामा दिएकी हुन् । यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिएका थिए ।
वि.सं.२०७९ वैशाख १५ बिहीवार १८:१३
















