skip this farak Kura Pravakar

च्याम्पियन्स लिग फुटबल, बार्सिलोनाको जित

876 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं।   समूह चरणबाट बाहिरिसकेको बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह सी को अन्तिम खेलमा भिक्टोरियालाई ४–२ अन्तरले पराजित गरेको छ । भ्रमणकारी टोली बार्सिलोनाले अन्तिम खेलमा सान्त्वना जितसहित च्याम्पियन्स लिगको सिजन टुंगाएको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले दुई गोल गरे । यस्तै, मार्काेस एलोन्सो र पाब्लो टोरेले एक एक गोल गरे । 

भिक्टोरियाको लागि टोमसले दुई गोल गरे । मंगलबार राति नै भएको समूहको अर्काे खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई २–०  अन्तरले पराजित गर्‍यो । समूह सी मा बायर्न अपराजित रहँदा ६ खेलबाट १८ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पराजित इन्टर समान खेलबाट १० अंक सहित दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । यस समूहबाट ७ अंक जोडेका बार्सिलोना र बिना अंकको भिक्टोरिया पुछारमा रहँदै समूह चरणबाट माथि बढ्न सकेनन् । 
 

nijgadh-supermart-adz1200-630