पचरौता नगरपालिकाले जनताको सेवामा काम गरिरहेको छ : नगर प्रमुख सिंह
वि.सं.२०८० असोज ११ बिहीवार २१:३४

बारा–जनताको चाहना अनुसार तथा नगरपालिकाको चौतर्फी विकासमा नगरपालिकाले काम गरीरहेको पचरौता नगरपालिकाको नगर प्रमुख जलन्धर सिंह जयस्वारले बताएका छन् ।
नगर प्रमुख सिंह जयस्वारले बिहिबार पचरौता नगरपालिका वडा नं १ पिपरपातीमा नेकपा एमाले पार्टीको पार्टी प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रममा यस्तो बताएका छन् । नगर प्रमुख सिंहले विगतको जसपाको पाँच वर्षको कार्यकालमा नगरपालिकामा हुन नसकेको विकास आफुहरुले १६ महिनाको कार्यकालमा गरेको दाबी समेत गरेका छन् ।
नगरप्रमुख सिँहले आफुले चुनावी प्रतिबद्धता गरेको घोषणा पत्र सबैको घरमा भएकोले त्यसमा भएको अधिकांश काम भईरहेको तथा बाँकि कामहरु प्रकियामा रहेकोले घोषणा पत्र हेरेर टिक लगाउन सबैसँग आग्रह गरेका छन् । नगरपालिकावासीलाई कुनै पनि समस्या भए आफुसँग निर्धक्क भएर गुनासो गर्न आग्रह समेत गरेका छन् । गुनासोहरु आएमा आफुलाई काम गर्न अभिप्रेरित गर्ने गरेको बताएका छन् ।
वि.सं.२०८० असोज ११ बिहीवार २१:३४


















