skip this

बाराका ऋषि बडालको कान्तिपुर भेटले ल्याएको लम्पी स्किन रोग विरुद्धको खोप प्रभावकारी

2.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढका हेमराज बडाल ऋषी भेट क्षेत्रका अग्रणी व्यवसायि हुन् । उनको कम्पनी हो, कान्तिपुर भेट डिस्टुबेटर प्रा लि । यो कम्पनीमा अहिले थप लोकप्रिय बनेको छ, कारण हो–लम्पी स्किन रोगको भ्याक्सिन बजारमा ल्याउन । पशु रोगको महामारी चलेको प्रतिकुल अवस्थामा भ्याक्सिन बजारमा ल्याएर कृषकलाई थप क्षति हुनबाट जोगाएका कारण कम्पनीको चर्चा भईरहेको हो ।

नेपालमा करिब पा“च वर्ष अघि झापा जिल्लामा पशुमा संक्रमण देखिएको थियो । सुदूरपश्चिममा यसपटक बैतडीबाट रोगको संक्रमण शुरू भएको हो । यसबाट देशभरि करिब तीन लाख पशुवस्तु संक्रमित भइसकेका छन् । सन २०२० मा नेपालमा पहिलो पटक लम्पी स्किन रोग देखा परेको थियो । मुख्य गरेर गाईरभैंसीमा देखिने लम्पी स्किन रोगका कारण किसान चिन्तित किसानलाई भ्याक्सिनले राहत पुगेको हो ।

भ्याक्सिनको गुणस्तरको विषयमा समेत अहिले चर्चा भईरहेको छ । लम्पी स्किन रोग विरुद्धको खोप गुणस्तर मापदण्ड अनुसार नभएको खबर बाहिर आएपछि कम्पनीले त्यसको खण्डन गरेको छ । कान्तिपुर भेट डिस्ट्रिव्युर्टस प्रालिले विभिन्न मुलुकबाट खरिद गरि ल्याएको खोप गुणस्तरीय र मापदण्ड अनुसार नै रहेको जनाइएका छ ।

डिस्ट्रिव्युर्टसले खोपका सम्बन्धमा आएको विभिन्न समाचार भ्रामक रहेको भन्दै ध्यानाकर्षण भएको जनाउ“दै पशुसेवा विभागको आयात निर्यात कार्यविधि २०७३ अनुसार नै पशुपंक्षिमा लाग्ने लम्पी स्किन विरुद्धको खोप गुणस्तर रहेको डिस्ट्रिव्युर्टसका प्रमुख कार्यकारी अधिकृत ऋषि बडालले जानकारी दिए । ‘हामीले आयात गरेका लम्पी स्किन रोग विरुद्धको खोप बिक्री भई किसान समक्ष जा“दा उक्त खोपहरू प्रयोगमा आय पश्चात् कुनै पनि पशुको मृत्यु नभएको र उक्त खोप प्रभावकारी रहेको ब्यहोरा स्वयं सिद्ध छ’ उनले भने–उत्पादनकर्ता अन्तर्राष्ट्रिय कम्पनीले महामारी रोकथामको उल्लेखित खोप कमजोर गुणस्तरको उत्पादन नगर्ने, नहुने हु“दा विगत ३० वर्षदेखि औषधी तथा खोपको आयात तथा विक्री वितरणको कार्य गर्ने यस कम्पनीले न्यून गुणस्तरको खोप आयात गरि विक्री वितरण गर्ने सवालै रह“दैन ।

कम्पनीले लम्पि स्किन महामारी फैलिएको अवस्थामा १० लाख मात्रा खोप खरिद गरेकोमा ९ लाख पचास हजार मात्रा पशुहरूलाई लगाएको र ५० हजार मात्रा कम्पनीमा मौज्दात रहेको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत बडालले जानकारी दिए ।

यसैगरी कम्पनीले यही असोज ८ गते पशु सेवा विभागबाट थप दश लाख मात्रा खोप आयातका लागि अनुमति पाएको छ । नेपालमा लम्पी स्किन रोग विरुद्धको खोप ल्याउने तीन वटा कम्पनी रहेका छन् ।

कम्पनीले ती तीन कम्पनीभन्दा सस्तो दरमा खोप उपलब्ध गराउ“दै आएको छ । प्रचलित बजार मूल्य ३०५ मा विक्री वितरण भइरहेको उक्त खोप महामारी आएपनि पशुपालक किसानलाई राहत हुने गरि कम्पनीले प्रति मात्रा १२० मा विक्री वितरण गरेको उनले बताए ।

nijgadh-supermart-adz1200-630