रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप, ६ जना प्रहरी घाइते
वि.सं.२०७९ चैत २९ बुधवार १६:२५
1.06K
shares

काठमाडौं । रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
झडपका क्रममा प्रहरीतर्फ ६ जना घाइते भएका छ्न् भने प्रदर्शनकारीतर्फ एकजना घाइते भएका छन् ।
झडपमा परेर गरुडा-५का गजेन्द्र साह घाइते भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
मेयर उम्मेदवार दिपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि सुरू भएको विवाद झडपमा परिणत भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले ५ थान अश्रुग्यास प्रहार गरे पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरी हवाई फायर गरेको थियो ।
वि.सं.२०७९ चैत २९ बुधवार १६:२५

















