कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
वि.सं.२०७९ चैत १९ आइतवार १०:४०
459
shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिएका छन् ।
उनका अनुसार बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।
वि.सं.२०७९ चैत १९ आइतवार १०:४०

















