कांग्रेसले गुल्मीको धर्कोट गाउँपालिका अध्यक्षमा नेता भण्डारीलाई अघि सार्यो
वि.सं.२०७९ वैशाख ७ बुधवार ०८:३०
1.7K
shares

काठमाडौं । नेपाली कांग्रेसले गुल्मीको धर्कोट गाउँपालिका अध्यक्षमा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारीलाई सर्वसम्मत उम्मेदवारको रुपमा चयन गरेको छ । मंगलबार बसेको गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरिबहादुर थापाले जानकारी दिए ।
धुर्कोटको समग्र विकासमा उनले अघि सारेका योजना महत्वपूर्ण रहेको भन्दै सभापति थापाले उनको नाम सर्वसहमतिमा अघि सारेको हो ।२०७४ को निर्वाचनमा पनि यो गाउँपालिकामा कांग्रेस र माओवादी बीच तालमेल गरिएको थियो ।
वि.सं.२०७९ वैशाख ७ बुधवार ०८:३०

















