अस्तिरताको संकट टार्न काङ्ग्रेस एमाले मिल्नुपर्छ –सुरेन्द्र पाण्डे
वि.सं.२०७९ मंसिर २२ बिहीवार १२:१३

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले निर्वाचनको परिणाम अनुसार कुनै दलको स्पष्ट बहुमत नआएपछि मुलुक थप संकटमा जाने खतरा रहेको भन्दै अस्तिरताको संकट टार्न काङ्ग्रेस एमाले मिल्नुपर्ने बताएका छन्। उनले दलहरूले प्राप्त गरेको सिटबाट बन्ने संसदले दिने परिणामको आशा घटेको बताएका छन् । देशमा संकट परेको बेलामा एमाले काङ्ग्रेस थुप्रैपटक सहकार्य गरेको स्मरण गराउँदै ठूला शक्ति मिले सत्ता बार्गेनिङको खेल नहुने उनको भनाई छ ।
सत्ता संचालनमा सहकार्य तत्काल सम्भावना नरहेको भए पनि राष्ट्रिय हितको मुद्दामा एक हुनुको विकल्प नभएको उनले जिकिर गरेका छन् । उपाध्यक्ष पाण्डेले राजनीतिक र आर्थिक संकट बढ्ने खतरा रहेको बताउँदै सरकारमा सहभागी नभए पनि अस्थिरताका मुद्दामा एक हुनपर्नेमा जोड दिएका छन्।उनले धेरै दल मिलेर सरकार बनाउँदा हुने बार्गेनिङले प्रधानमन्त्री कमजोर हुने बताएका छन्।
वि.सं.२०७९ मंसिर २२ बिहीवार १२:१३

















