skip this farak Kura Pravakar

दिपायल सिलगढीको मेयर र उपमेयरमा कांग्रेस विजयी

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका बाजी सिंह खड्का र उपमेयरमा कलावती महर साउँद निर्वाचित भएका हुन् ।

खड्काले नेकपा एमालेका लक्ष्मणबहादुर मलासीलाई १ हजार ६२३ मत अन्तरले पराजित गरेका हुन् । खड्काले ५ हजार १३८ मत ल्याउँदा मलासीले ३ हजार ५१५ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकी महरले ४ हजार ७६८ मत ल्याउँदा एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त प्राप्त गरिन् ।

०७४ सालको निर्वाचनमा दिपायल सिलगढीमा एमालेले जितेको थियो ।

 

nijgadh-supermart-adz1200-630