skip this

वागमती गाँउपालिकाका ७ वडा मध्ये ५ वडामा काँग्रेस विजयी

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । दक्षिण ललितपुरको वागमती गाँउपालिकाका वडामा नेपाली काँग्रेस विजयी भएको छ । गाँउपालिकाको ७ वटा वडा मध्ये ५ वटा वडामा काँग्रेसले जित हाँसिल गरेको छ ।
गाँउपालिकाको घुसेल– १, माल्टा –२, भट्टेडाँडा–३, प्युटार –४ र आश्राङ –६ मा काँग्रेस विजयी भएको छ । वागमतीको वडा नं.१ घुसेलमा नेपाली काँग्रेसका ज्ञान बहादुर लोले ६ सय ७ मतसहित विजयी भएका छन् । उनका प्रत्यासी नेकपा एमालेका पुरुषेत्तम घिमिरेले ४ सय ५१ मत पाएका छन्।

वडा नं.२ माल्टामा नेपाली काँग्रेसका रामबहादुर भुलुन ९ सय ४६ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रत्यासी नेकपा एमालेका सोमबहादुर सिंगारले २ सय ९२ मत पाएका छन् ।

वडा नं. ३ मा काँग्रेसका नवराज खड्का ८ सय ३४ मत सहित निर्वाचित भएका छन् । उनका प्रत्यासी नेकपा एमालेका रमेश सञ्जेलले ६ सय ४४ मत पाएका थिए ।
वडा नम्बर ४ प्युटारमा काँग्रेसका रामकुमार लामा ७ सय ८५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रत्यासी नेकपा एमालेका नारायणबहादुर घलेले ५ सय ४० मत पाएका थिए ।

वडा नम्बर ५ इकुडोलमा नेकपा माओवादीका नवराज तिमल्सिनाले ७ सय २८ मत ल्याएर निर्वाचित भउका छन् । उनका निकटतम प्रत्यासी दर्लामीले ४ सय ९० मत पाएका थिए । त्यस्तै वडा नम्बर ६ आश्राङमा नेपाली काँग्रेसका नारायण भोम्भजन ४ सय ९६ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी नेकपा एमालेका रामशरण घिमिरेले ४ सय ६३ मत पाएका छन् ।

गाउपालिकाको सुदुर पुर्वमा रहेको वडा नम्बर ७ गिम्दी मा नेकपा एमालेका होमप्रसाद बजगाँई विजयी भए । उनले ८ सय ४१ मत पाएका थिए भने उनका निकटतम नेपाली काँग्रेसका प्िरतश्पर्धी दिनेश राना मगरले ८ सय २८ मत पाए ।
गाँउपालिकामा पुन नेपाली काँग्रेसका विरबहादुर लोप्चनले गाँउपालिकाको नेतृत्व गर्ने अवसार पाएका छन् । उजले ४ हजार ९ सय ९ पाए भने उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका नवराज सञ्जेलले ४ हजार ५३ मत पाए ।
उपाध्यक्ष नेकपा माओवादीका भक्तबहादुर दर्लामी निसानले विजयी भए । उनले ४ हजार ६ सय ९२ मत पाए भने उनको निकटतम प्रतिश्पर्धी नमूना दोङले ३ हजार ७ सय मत पाइन् ।

nijgadh-supermart-adz1200-630