skip this

इलाममा स्थानीय तह निर्वाचनको मत गणना सुरु,कांग्रेसका थापाको अग्रता

2.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । इलाममा स्थानीय तह निर्वाचनको मत गणना सुरु भएको छ । इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापाले अग्रता लिएका छन् । इलाम नगरपालिका १ साखेजुङ्गको मत गणना हुँदा कांग्रेसका केदार थापाले १७७ मत पाउँदा एमालेका धिरेन चेम्जोङले १२१ मत पाएका छन् ।

सूर्योदय नगरपालिकामा गठबन्धनका उम्मेदवार रणबहादुर राईले अग्रता लिएका छन् । उनले ८० मत पाउँदा एमालेका काजिमान कागतेले ७० मत पाएका छन् । माङसेबुङ्ग गाउँपालिकामा कांग्रेसका डिकेन्द्र इदिङ्गोको सुरुवाती अग्रता छ ।

चार सय मत गठना हुँदा इदिङ्गोले २५६ र एमालेका उम्मेदवार हेमन्त राईले ५८ मत पाएका छन् माईजोगमाई गाउँपालिकामा एकालेका कुशबहादुर थेबेले अग्रता लिएका छन् । थेबेले २०३ मत पाउँदा गठबन्धनका उम्मेदवार जीत बहादुर राईले १६० मत पाएका छन् ।

nijgadh-supermart-adz1200-630