खोटाङको रावाबेँसी गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन अगाडि
वि.सं.२०७९ वैशाख ३१ शनिवार ०९:१५
957
shares

काठमाडौं । खोटाङको रावाबेँसी गाउँपालिकामा राति १ बजेदेखि मत गणना जारी छ ।२०० मत गणना सकिँदा कांग्रेस अगाडि छ । अध्यक्षमा कांग्रेस उम्मेदवार फटिककुमार श्रेष्ठले ९७ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका हरिकुमरा पोखरेलले ६८ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसका लिलानारायण श्रेष्ठले ९५ मत पाउँदा एमालेका कौशिलाकुमारी गुरुङले ७० मत प्राप्त गरेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । रावाबेँसीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ ।
वि.सं.२०७९ वैशाख ३१ शनिवार ०९:१५

















