skip this farak Kura Pravakar

दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गरेका छन ।

चौधरी ३१७२८ मत प्राप्त गरे भने गठबन्धनका माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गरेका छन । उपमेयरमा एमालेकी हुमा डिसी झिनो मतले निर्वाचित भएकी छ्न ।डिसीले ३०४०३ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका भुप बहादुर डाँगीले ३०३५४ मत प्राप्त गरे ।

nijgadh-supermart-adz1200-630