skip this

कलैयाका वडा अध्यक्ष लोसपा छाडेर नेकपा एमाले प्रवेश

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट निर्वाचित कलैया उपमहानगरपालिकाका एक वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

तत्कालिन राष्ट्रिय जनता पार्टी र हालको लोसपामा रहेका कलैया उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष डा.अख्तर अन्सारी बुधबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

ओली निवास बालकोटमा पुगेर एमाले प्रवेश गरेका अन्सारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्माले खादा ओढाएर स्वागत गरेका थिए । बारामा फागुन २८ गते हुने पार्टी प्रवेश कार्यक्रममा एमाले प्रवेश गर्ने चर्चा थियो ।

अन्सारीले एमाले प्रवेश गर्नुअघि आफुले लोसपाको सम्पुर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गरेका थिए । कलैया उपमहानगरपालिकामा लोसपाबाट निर्वाचित हुने लोसपाका एक मात्र वडा अध्यक्ष हुन् ।

nijgadh-supermart-adz1200-630