skip this

वीरगञ्जमा ४० लाख मूल्य बराबरको भन्सार छलीका हार्डवेयर तथा खुद्रा सामाग्री बरामद

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज । वीरगञ्जको घण्टाघरस्थित सडकखण्डबाट जिल्ला प्रहरी कार्यालय पर्साले ४० लाख मूल्य बराबरको हार्डवेयर तथा खुद्रा सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रज्ञापन पत्र बिनाको हार्डवेयर तथा खुद्रा सामाग्री लोड गरी जनकपुर तर्फ ट्रक जाँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ना ३ ख ४३५९ नम्बरको मालबाहक ट्रकलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचको क्रममा ट्रकमा प्रज्ञापन पत्र बिनाको सामग्री लोड रहेको पाएपछि चलाक र ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नियन्त्रित ट्रकले भन्सार छलेर ल्याएको हार्डवेयर र खुद्रा सामाग्रीको ४० लाख रुपैयाँ मूल्यांकन गरिएको हो ।

बरामद सामाग्रीलाई ट्रकसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630