जगदम्बा स्टिल्सको सुपर साइन र ग्याल्भाका जस्ता पाता तेस्रो देश निर्यात
वि.सं.२०७८ चैत ८ मंगलवार २१:३८
2.4K
shares

काठमाण्डौं । स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिल्सले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात गरेको छ ।
कम्पनीका अनुसार जगदम्बा स्टिल्सका उत्पादनहरू जगदम्बा सुपर साइन र ग्याल्भा प्लास रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात गर्न थालिएको हो ।
कम्पनीले केही समय अगाडी ‘सीआर सिटएन्ड कोइल्स’हरू दक्षिणपूर्वी, मध्यपूर्वी एसियाली देश तथा दक्षिण अफ्रिकामा निर्यात थालेको थियो ।

वि.सं.२०७८ चैत ८ मंगलवार २१:३८
















