सिमेन्ट उद्योगको फित्तामा बेरिएर मजदुरको मृत्यु
वि.सं.२०७८ चैत ३ बिहीवार १०:३७
1.19K
shares

हेटौंडा। हेटौंडा-१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।
भारतीय मुलुकका अन्दाजी २१ वर्षीय एक युवकको ज्यान गएको हो । बिहीबार बिहान काम गर्ने क्रममा फित्तामा बेरिएर नक्कीफ अख्तर हुसेनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राज कुमार सापकोटाले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ चैत ३ बिहीवार १०:३७
















