skip this farak Kura Pravakar

बलात्कार आरोपमा पक्राउ परेका एमाले संसद बानियाँ ५ लाख धरौटिमा रिहा

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले संसद मोहन बानियाँ ५ लाख धरौटीमा छुटेका छन ।

जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा रिहा भएका हुन ।

जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेको नेपालगन्जस्थित होटल अप्सरामा आफूमाथि एकैदिनमा दुइपटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन ।

जाहेरी पछि माघ २७ गते जिल्ला अदालतले बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

बानियाँमाथि अभियोग लागेपछि उनलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको छ ।

nijgadh-supermart-adz1200-630