skip this yams_Max_Hospital.jpeg

गायक तथा मोडल दिपक बिडारीको दशैंको अनुभूती

3.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा–१६ पिलुवाका गायक तथा मोडल दिपक बिडारीका हालै चोट बोलको गित सार्वजनिक भएको छ । यसअघि उनका मेरो मन चोरेर…, कालो छाँया.. लगायतका गित सार्वजनिक भएका छन् । नेपालीहरुको महान चाड बडा दशैंबारे उनको अनुभूतीलाई हामीले त्यो दशैं विशेषमा प्रकाशित गरेका छौं ।

नेपाली हरुको महान चाड मलाई पनि साह्ै मन पर्छ । झन नयाँ कपडा, चोक चोकमा खेल्दै गरेको पिङ अरु रमाईलो पक्ष हो ।

वर्षौदेखि नभेटिएको साथीभाई, आफन्तसँगको भेटघाट यो चाडको विशेष पक्ष लाग्छ ।

म सयुक्त र सामान्य परिवारमा जन्मेको भएर होला बाल्यकालको दशैँ विषेश थियो । दाजुभाईको उस्तै कपडा ४/५ दिन दशैमा लगाउने अनि सोहि कपडा स्कुलको ड्रेस ।

मामा घरबाट टिका लगाए पाएको पाँच, दश रुपैया पनि कति धेरै लाग्थ्यो तर आज भोलि दशैं भन्ने वितिकै आफूभन्दा ठूला वडाको हातबाट टिका ग्रहण गरि आशिर्वाद थाप्न यो नै विषेशता लाग्छ ।

तर कि दशैँको नाममा विकृति पनि बढ्दो छ । मासु, रक्सी खाने झगडा गर्ने यी एकदम नराम्रो पक्ष हो जस्तो लाग्छ ।

टिका त धेरै पर्वमा लगाइन्छ त दशैंको टिकाको महत्व भिन्दै छ । झन टिकासंगै कानमा राखेको जमराले शोभा बढाउँछ ।

तर यो वर्षको मेरो लागी खल्ला रह्यो । २०८० कात्तिक १ गते ठुलिआमा बित्नुभो, यो वर्ष हाम्रो टिका छैन । त्यसैले यो वर्षको दशैं खल्लो भएको छ ।

nijgadh-supermart-adz1200-630