skip this

त्यो दशैं : गाउँमा पालै पालो भोज हुन्थ्यो, यो चाड यसको र उसको भनेर अहिले त भ्रम छरिएको छ

2.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

स्कुल अन्तिम दिन सर मिसहरुले दशैको शुभकामना भनेर ब्ल्याक बोर्डमा लेख्नु हुन्थ्यो, त्यही दिन देखि दशै आएको महसुस हुन्थ्यो ।

तामाङहरुले म्हेनिङ हाजी भन्थ्यो, दशैलाई तामाङ भाषामा म्हेनिङ भनेको जस्तो लाग्थ्यो तर हैन रहेछ । दसै आउनु भन्दा पहिला नै तराई तिरबाट टाउकोमा कपडा ठुलो पोको बोकेर तराइबासी व्यापारीहरु कपडा बेच्नको लागि सिन्धुली हुँदै काभ्रे तिरको घर घर आउँथे ।

उनिहरुसँगै स्कुलको ड्रेस किनिन्थ्यो, त्यही दशंैको लागि नयाँ कपडा हुन्थ्यो । अष्ठमीको दिन बेलुका सबैको घरमा भोज भनेर विभिन्न खाने कुराहरुको परिकार तयारी गरेर सबै परिवार एकै साथ भोजन गरिन्थ्यो, हामीहरुको लागि सबैभन्दा स्पेसल चाहिँ चिउरा थियो, त्यही चिउरा तिहारसम्म राखेर खाने गथ्यौं ।

गाउँ भरिको सबै परिवारलाई पालो पालो गरेर सबैलाई खाजा खुवाउन्थ्यो र हामी पनि सबैको घर जान्थ्यो । अहिले त्यो दशैलाई सम्झिदा, त्यो बेलाको दशैले समाजमा जति सद्भाव, एकता, एक परिवारले अरु परिवार माथी गरिने सम्मान अनि अर्गानिक खानपिन थियो त्यो देखिदैन, अझ दुःखद त अहिले समाजका अग्रज भनिनेहरुले नै थुप्रै भ्रम छर्ने चेस्टा गरेको पाइन्छ, त्यो चाड त्यो समुदायको, त्यो जातको या त्यो धर्मको जस्ता समाज विकेन्द्रीकरण गर्ने गरेको पाइन्छ ।

घरको वरिपरि ठुलो रुखहरु हुने भएकोले त्यही रुख मध्येको कुनै रुखमा बाबियोको डोरिको पिङ हालेर खेलिन्थ्यो । त्यो बेलामा पुरै टोलटोलमा जति दशैको उल्लास थियो, त्यस्तो अहिले रहेको पाउदैन ।

–निजगढ–१०, लाल (बारा)
हाल : मलेसिया

nijgadh-supermart-adz1200-630