skip this farak Kura Pravakar

त्यो दशैं : कहि कतै सुन्छु तामांगहरुले दशैं मान्नु हुन्न रे ! रोकटोक गरेर समाज भड्काउँने काम नहोस्

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अहिले परदेशी भएको छु । त्यसैले हामीलाई यहाँ परदेशमा न दशैं न तीहार केही पनि छैन । यहाँ जरुरी छ त बस् १२ घण्टे डिउटी । अर्काको देशमा आए पछि अर्का कै नीति नियम अनुसार चल्नु पर्दाेरहेछ । त्यसैले पनि होला जति सुकै ठुलो हाम्रो चाडपर्व आए पनि छुट्टि पाईदैन काम गर्नै पर्छ ।

दशैं मनाउँदाका विगतका सम्झना सम्झदा मात्र पनि मनमा कति आनन्द महशुस हुन्छ । त्यो समय, त्यो दशैं, त्यो पल आहा ! फेरि कहिले आउँछ होला ! फेरि आईदिए पनि हुन्थ्यो नि त्यो दशैं ।

झुठ बोलेको हैन । दशैंको मासुको भाग भाई र मैले मात्रै ५०० रुपैयाँको भैंसीको मासु डोकोमा सकि नसकि बोकेको अझै याद आउँछ । दशैंको नयाँ लुगा ईस्कुलको ड्रेस हुन्थ्यो ।

त्यही नयाँ लुगा लगाएर झोलामा १ बोतल लोकल रक्सि अनि भैंसीको मासुको सितन बोकेर बा–आमाको पछि लागेर बाजे–बजैको, मामा–माईजुको घर गईन्थ्यो। टीका लगाई दिनु हुन्थ्यो ।

आशिर्वादसँगै ५÷१० रुपैंया दिनु हुन्थ्यो कति खुशी भईन्थ्यो साथै त्यो सुकाएर राख्नु भको भैसीको सुकुटिको झोल हालेर बनाउँनु भएको तरकारी–खाना आहा ! साँच्चै कहिले आउँछ होला त्यो दशैं !

मेरो लागि दशैंको नराम्रा पक्ष भन्नू केही छैन । सबै राम्रो छ । कहि कतै सुन्छु तामांगहरुले दशैं मान्नु हुन्न रे तर म त भन्छु नमान्नेले नमान मान्नेले मान्न पाउनु पर्छ । रोकटोक गरेर समाज भड्काउँने काम गर्नु हुन्न ।

दशैं आयो कि मलाई त मनमा धेरै नै प्रश्नहरु आउँछ । भर्खरै मैले भनिएको सबै ? त्यो दशैंको बारेमा हो । यो दशैं त दशैं हैन । बिगत १४÷१५ बर्ष यताको दशैं खैं के दशैं !

एउटा घटनाले गर्दा मामा–माईजुहरु पनि टाडिनु भएको जस्तो गर्नु हुन्छ। सायद हामी आफ्नै भान्जा नभएर पो हो कि ! सारै नै सम्झना आउँछ मामा–माईजुहरु त्यो दशैंको अनि त्यो दशैंको सम्झनामा रुने गर्छु यो दशैंमा । बालापनमा जस्तै जान मन लाग्छ दशैंमा मामा–माइजू घर तर फेरि सम्झन्छु त्यो घटना अनि मनलाई सम्हालेर चुप बस्छु ।

-निजगढ–११ रतनपुर, पश्चिम टोल
हाल : मलेसिया

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630