skip this

चुनावी गठबन्धन नचाहने नेताहरूप्रति देउवाको आक्रोश

1.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धनको विपक्षमा रहेका आफ्ना नेताहरू आक्रोश व्यक्त गरेका छन् ।

शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले गठबन्धन नचाहने नेताहरूप्रति आक्रोश व्यक्त गर्दै ठूला कुरा नगर्न चेतावनी दिएका हुन् ।

उनले निर्वाचनमा गठबन्धनको विरोध गर्ने नेताहरूलाई जितेर देखाउन चुनौती पनि दिए ।

गठबन्धन नचाहने नेताहरूप्रति देउवा आक्रोशित भएको बैठकमा सहभागी एक नेताले बताए ।

नेपाली काँग्रेसमा चुनावमा गठबन्धन गर्ने/नगर्ने विषयमा फरक मत रहँदै आएको छ ।

बैठकमा नेताहरूले फरक मत जाहेर गरे पनि काँग्रेस एक्लै जित्ने ठाउँमा गठबन्धन नहुने प्रवक्ता डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् ।

 

nijgadh-supermart-adz1200-630