बेहुला बिनै युवतीको बिहे !
![Farak Nepal Farak Nepal](https://faraknepal.com/wp-content/themes/new_theme_faraknepal/images/icon.jpg)
वि.सं.२०७८ असोज ९ शनिवार ११:३२
![image image](https://faraknepal.com/wp-content/uploads/2021/09/Bibaha.jpg)
सामान्यता एक पुरुष र एक महिलाबीच विवाह हुन्छ । बदलिदो समाजमा तेश्रो लिंगी, समलिंगीबीच पनि विवाह हुदैँ आएको छ ।
विवाहको बदलिदो स्वरुपमा पुरुषले पुरुषसँग, महिलाले महिलासँग मात्र नभई बस्तु, कार, जनावरसम्म विवाह भएको सुन्न देख्न पाइन्छ । तर के कुनै मानिसले आफैसँग आफ्नो विवाह गर्ला ? एक युवतीले भने विवाह त गरीन् तर वेहुलासँग होइन आफैले आफुसँग विवाह गरीन् ।
अस्ट्रेलियाकी पैट्रीसिया क्रिस्टीनले आफैसँग आफ्नो विवाह गरेकि छिन् । उनको यो अनौठो विवाहको खबरले सबैलाई चकित तुल्याएको छ ।
अस्ट्रेलियाको सिडनी निवासी २८ बर्षिया क्रिस्टीनले आफ्नो टिकाटालोपछि तय भएको विवाह टुटेपछि कुनै व्यक्तिसँग नभई केवल एक्लै जीवन बिताउने अठोट गरीन् । पेशाले शिक्षिका रहेकी उनी ८ बर्ष अघि तय भएको विवाह टुटेपछि स्वयम्सँग विवाह गरेकी हुन् । उनले विवाहको सबै प्रकृया पुरा गरेकी थिइन् । विवाहको निम्तो कार्ड छापेर बाड्नदेखि बेहुलीको पहिरन, हीराको औठी, भोजको व्यवस्थासम्म उनको विवाहमा थियो । हुनत यो विवाह २०२० को मे मा नै भएको थियो । तर अहिलेसम्म पनि यसको चर्चा चलिरहेको छ ।
![Farak Nepal Farak Nepal](https://faraknepal.com/wp-content/themes/new_theme_faraknepal/images/icon.png)
वि.सं.२०७८ असोज ९ शनिवार ११:३२