skip this farak Kura Pravakar

बाराकी गीता कण्डेल बनिन् मधेस प्रदेशबाट माओवादी केन्द्रीय सदस्य ! को हुन् गीता ?

यी हुन् २२ केन्द्रीय सदस्य

5.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराकी गीता कण्डेल माओवादी केन्द्रीय सदस्य मनोनीत भएकी छिन् । पार्टीको बैकल्पिक केन्द्रीय सदस्यबाट बढुवा भएर पूर्ण केन्द्रीय सदस्य मनोनीत भएकी हुन् ।

नेकपा माओवादी केन्द्रले गीतासहित २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको हो । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरिएको हो । २२ जना नयाँ केन्द्रीय सदस्य थप गर्दा गीता मधेस प्रदेशबाट उनीमात्र परेकी हुन् ।

यी हुन् २२ केन्द्रीय सदस्य

मनोनीत भएका केन्द्रीय सदस्यहरूमा दिलमाया बुढामगर, नीरमाया श्रीष, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, निशा न्यौपाने, पार्वती थापा छन् ।

त्यसैगरी भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन् ।

योसँगै माओवादीको केन्द्रीय समितिमा केन्द्रीय सदस्यको संख्या चार सय सात पुगेका छ । पार्टीको कमिटीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न २४ जना महिला केन्द्रीय सदस्य थप गर्न लागिएको स्रोतले जनाएको छ ।

को हुन् गीता ?

बाराको डुमरवानास्थित रजघट्टामा जन्मिएकी गीता कण्डेलले मुलुकको व्यवस्था परिवर्तन गर्न परिवारबाटै विद्रोह गरेर नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धकी योद्धा हुन् ।

महिला मुक्तिसहित जनतालाई अधिकार सम्पन्न बनाउन २०५६ मा विद्रोहमा होमिएकी गीता माओवादी नेतृका रुपमा स्थापित भएकी छिन् ।

पार्टीको महिला संगठनको केन्द्रीय सचिव समेत गरेकी उनी २०५८ सालमा तत्कालिन शाही सेना र उसले सञ्चालन गरेको फोर्सले प्रहार गरेको गोलीबाट गम्भिर घाइते भएकी थिईन् । २०६० सालमा उनलाई सेनाले नियन्त्रणमा लिएर जेल चलान गरेको थियो । उनी वीरगञ्ज कारागारमा १८ महिना विताएकी थिईन ।

बाराकी गीता कण्डेल : कांग्रेस परिवारकी छोरी माओवादी विद्रोहले जन्माएको शसक्त महिला नेतृत्व

nijgadh-supermart-adz1200-630