skip this

बाराका द्वारिका उप्रेती वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त

4.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल खेलकुद महासंघको सचिवालय सदस्य एवं मधेस प्रदेशको इन्चार्ज थिए ।

यसअघि बोर्डको कार्यकारी निर्देशकमा राजनप्रसाद श्रेष्ठ थिए । उनको कार्यकाल सकिएपछि उप्रेतीलाई नियुक्त गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । उप्रेतीसँगै निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिस गरेको थियो ।

कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये ६ जनाले दरखास्त स्वीकृत भएको थियो । आवेदन दिएकामध्ये तोकिएको योग्यता पुगेका उम्मेदवार छनोटमा परेका थिए ।

nijgadh-supermart-adz1200-630