skip this

मिटरब्याजी ठगी मुद्दामा १९३७ ले दिए उजुरी

3.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-देशभरबाट मिटरब्याजी ठगीसम्बन्धी मुद्दामा १९३७ उजुरी परेको छ ।

सोमबार गृहमन्त्रालयमा आयोजित पत्रकारसँगको भेटघाटका क्रममा गृहमन्त्री बालकृष्ण खाणले सो परिमाणमा मिटरब्याजीबाट ठगिएको उजुरी परेको जानकारी दिएका हुन् ।

‘विगतमा विभिन्न राजनीति दलसँग भएको सम्झौताप्रति वर्तमान सरकार प्रतिबद्ध छ । मिटरब्याजीबाट आम नागरिकले भोग्नु भएका समस्याको अध्ययन गर्न कार्यदल बनेको छ’ उनले भने, ‘मिटरब्याजी ठगी सम्बन्धी समितिमा १९३७ उजुरी परेको छ ।’

मन्त्री खाणका अनुसार प्रदेश १ बाट ९२ वटा, मधेस प्रदेशबाट १३३० वटा, बागमती प्रदेशबाट २०२ वटा, गण्डकी प्रदेशबाट ३५ वटा, लुम्बिनी प्रदेशबाट २११ वटा, कर्णाली प्रदेशबाट २३ वटा र सुदूरपश्चिम प्रदेशबाट ५५ वटा उजुरी परेका छन् ।

समितिमा परेको उजुरीमाथि सरकारले छानविन शुरु गरेको मन्त्री खाणले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630