skip this farak Kura Pravakar

अधिवेशमा जनकपुरमा हुनुपर्ने डा. पौडेल घरमा मृत भेटिए ! प्रदेश सचिवलाई किन खोजिएन् ?

4.98K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एमाले) मधेस प्रदेशको प्रथम अधिवेशन चलिरहेको छ । अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार जनकपुरमा पुगेर उद्घाटन गरे ।

जारी अधिवेशनमा नयाँ नेतृत्व चयनको लागि बन्दसत्र चलिरहेको छ । त्यहाँ नेतृत्वको रस्साकस्सी चलिरहेको छ ।

यता पार्टी प्रदेश सचिव डा. कृष्ण पौडेल भने विहीबार सिमरास्थित घरमा मृत अवस्था भेटिएका छन् । घरको कोठाभित्र भुइँमा ओछ्याईएको गलैँचामा घोप्टो परेर सुतिरहेको अवस्थामा शव फेला परेको छ । टिर्सट र हाप कट्टु लगाएको अवस्थामा रहेका डा. पौडेलको देब्रेपट्टि मोवाईल देखिन्छ ।

जीतपुरसिमराका प्रथम मेयर डा. पौडेल भने अधिवेशनको प्रतिनिधिमा छानिएनन् । तर आयोजक कमिटी सचिव भएका कारण उनी जनकपुरको कार्यक्रममा सक्रिय भूमिका देखिएनन् । उद्घाटन समारोहमा प्रदेशभरका हजारौं नेता–कार्यकर्ता सहभागि हुँदा डा. पौडेल भने अनुपस्थित रहे । तर, त्यस बारे कसरी जिल्लाका र प्रदेशका नेताहरु बेखबर रहे ? यो गम्भिर प्रश्न खडा भएको छ ।

डा. पौडेलको निधनले जीतपुरसिमरा स्तव्द भएको छ । राजनीति, सहकारी अभियान, शैक्षिक एवं लेखापरीक्षण क्षेत्रमा पहिचान स्थापित गरेका डा. पौडेलको असमायिक निधनपछि उनको घरमा आफन्त र शुभचिन्तकको भिड लागेको छ भने सामाजिक सञ्जालभरि दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त भईरहेको छ ।

अलविदा ! डा. कृष्ण पौडेल

nijgadh-supermart-adz1200-630