तेस्रो निजगढ नगर स्तरिय भेट्रान्स फुटबल : आयोजक चौतारा युवा क्लव बी विजयी
वि.सं.२०८० असोज २५ बिहीवार २०:४९

बारा–बाराको निजगढ–७ योजनामा सञ्चालित तेस्रो निजगढ नगरस्तरिय चौतारा भेट्रान्स फुटबल प्रतियोगितामा विहीबार भएको पहिलो खेलमा आयोजक चौतारा युवा क्लव बी विजयी भएको छ ।
भिम लामाको ह्याट्रिकको मद्दतले सिंगौल एफ.सि.लाई ५–० गोलको अन्तरले पराजित गरेको छ ।
खेलको १ मिनेटमा मनिष लामाले गोलको खाता खोलेको थिए । छैटौं, २०औं र ३९ औं मिनेटमा गोल गर्दै भिम लामाले आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।
१६ औं मिनेटमा पदम लामाले थप १ गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच भिम लामा घोषित भए । उनलाई निजगढ वडा नं. ११ का वडा अध्यक्ष सइया गुरोले ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगितामा विजयी टोलीले ३० केजीको र उपविजेताले २० किलोको खसी पुरस्कार प्राप्त गर्नेछ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी र गोल रक्षकसहित सबैभन्दा बढी गोल गर्ने एक जना खेलाडीलाई पनि ट्रफी प्रदान गरिने छ भने दिनको खेलमा म्यान अफ दि म्याचको ट्रफी पनि प्रदान गरिने आयोजक क्लबका बुद्धि राना मगरले जानकारी दिए ।
वि.सं.२०८० असोज २५ बिहीवार २०:४९

















