पानी टयाङकी रतनपुर फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश
वि.सं.२०८० असोज २५ बिहीवार २२:११

बारा– पानी टयाङकी रतनपुर बाराको निजगढ नगरपालिका वडा नम्बर १३ को डम्बरपुरमा जारी फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विहीबार क्वाटर फाईनलको पहिलो खेलमा योङ्ग ब्वाईज युवा क्लब चन्द्रपुर–८, रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै पानी टयाङकी युवा क्लब, निजगढ–११ (सुन्तला) सेमिफाइनलमा प्रवेश गरेको हो ।
पानी टयाङकी युवा क्लबका जर्सी नं.७ सुनिल घलानले खेलको दोश्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।
प्रतियोगिताको खेलमा म्यान अफ द म्याच योङ्ग ब्वाईज युवा क्लबका जर्सी नं. १३ का सुनिक गोले घोषित भए । उनलाई आयोजक सदस्य राजकुमार थिङ्गले म्यान अफ द म्याचको ट्रफि हस्तान्तरण गरेका थिए ।
खेलको मुख्य रेफ्रीको भुमिकामा रामकृष्ण गुरो त्यस्तै सहायक रेफ्रीमा अजय धामी र सियाराम कुमरले निभाएका थिए ।
उक्त जारी फुटबल प्रतियोगिता अन्तरगत भोलि हुने क्वाटर फाईनलको दोस्रो खेल फ्याफुल्ला युवा क्लब निजगढ–१३,घरेलु टिम, आयोजक र तपोभुमी युवा क्लब निजगढ–१२, बुङ्गजोर बीच अपरान्ह ०३ः३० बजे प्रतिस्पर्धा हुनेछ ।
वि.सं.२०८० असोज २५ बिहीवार २२:११

















