skip this

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा चालकको मृत्यु

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।कैलालीको गोदावरी नगरपालिका–६ लालपुर स्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको सपट्टा–१ का ३७ वर्षीय हिक्मत बहादुर रावल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाईते भएका रावलको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा गएराती ११ बजे मृत्यु भएको हो । सुदुर पश्चिम प्रदेश ०१–०१०–प ९६०३ नम्बरको मोटरसाईकल गएराती साढे १० बजे दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630