skip this

ट्रकले मोटरसाइकललाई ठक्कर रौतहटमा दिँदा एक जनाको मृत्यु

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित सडकमा ना।६ ख ६५५० नम्बरको ट्रकले रा।४ प ५०१ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी ईनरवा नगरपालिका–१० बस्ने ३६ वर्षीय सकल कुमार मण्डल रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको चपुर प्रालि अस्पताल हुँदै नारायणी अस्पताल वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

nijgadh-supermart-adz1200-630