skip this

रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

663 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-उच्च अदालत बुटवल तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको छ । 

बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो ।

‘उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भयो,’ अदालतका रजिस्ट्रार अमित उप्रेतीले भने, ‘उनले राख्ने भनेको दुई करोड ६८ लाख र जिल्ला अदालतले कायम गरेको एक करोड बढीको रकम राखेबापत छाड्ने भनिएको छ ।’

उनले अब रिहा हुनका लागि जिल्ला अदालत रूपन्देहीमा पुन: निवेदन दिन पर्ने भएको छ। उक्त निवेदनमार्फत धरौटी बुझाएपछि मात्रै छुट्ने भएका हुन् ।

nijgadh-supermart-adz1200-630