skip this farak Kura Pravakar

अहिले बल राजाकै कोर्टमा रहेको छ –कमल थापा

390 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्य गर्ने भनेर गरेको प्रस्तावको बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो घारणा राखेका छन् । अध्यक्ष थापाले ज्ञानेन्द्रले सहकार्यको प्रस्ताव वा विचार केवल भाषण वा नाराको विषयमात्रै हुन नहुनेमा जोड दिएका दिएका छन् । आज सामाजिक सञ्जाल मार्फत अध्यक्ष थापाले अहिले बल राजाकै कोर्टमा रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल लेखेका छन्, राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै राजा ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरिनु सकारात्मक भएको मलाई लागेको छ।”अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन” भन्ने राजा ज्ञानेन्द्रको भनाई सान्दर्भिक छ। यस्तो सोच धेरै अघि नै आउनुपर्थ्यो, धेरै ढिलो भैसक्यो। वागमतीमा धेरै पानी बगिसक्यो।

वास्तवमा नेपालको भूराजनीतिक अवस्था तथा सामाजिक सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दा परिवर्तनकारी शक्ति र विचार एवं परम्परागत शक्ति र विचार बिचको समाञ्जस्यता देशको निम्ति उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो। गणतन्त्रवादी र राजावादी बिचको ‘सिनर्जी’ नेपालको हितमा हुन्छ।

सहकार्यको प्रस्ताव वा विचार केवल भाषण वा नाराको विषय मात्र हुनु हुँदैन। सहकार्यको अवधारणा अघि सार्दा त्यसलाई व्यवहारमा रुपान्तरण गर्ने वारे समेत राजाले सोचेको हुनुपर्छ। बल राजा कै कोर्टमा छ। यद्यपि राजसंस्था पाखा लगाउने काम नेपाली जनताले भोट हालेर व क्रान्तिबाट गरेका होईनन्। देशीविदेशी शक्तिहरुको षडयन्त्रबाट एकप्रकारले भन्ने हो भने ‘एम्बुस’मा पारेर राजसंस्था हटाईएको हो। तथापि अहिले राजसंस्था हटेको छ र देशमा गत चौध वर्षदेखि संघिय लोकतान्त्रिक गणतन्त्र कायम छ ।

nijgadh-supermart-adz1200-630