२८ लाख धरौटी बुझाएपछि दुर्गा प्रसाईं रिहा
वि.सं.२०८२ साउन १९ सोमवार २३:४३
984
shares

काठमाडौँ-मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार २८ लाख धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत पाटनले प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा छाड्ने आदेश दिएको थियो। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले तीनकुने घटनामा ३ लाख धरौटी तोकेका थिए भने बैंकिङ कसुर मुद्दामा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले २५ लाख धरौटी तोकेका थिए।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा प्रसाईं पक्राउ परेका थिए। उनीलाई लिन नेपाली कांग्रेस सांसद डा. सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका थिए।
वि.सं.२०८२ साउन १९ सोमवार २३:४३

















